Comments Add Comment

यी तस्वीर लिक हुँदा बलिउडमा भएको थियो हंगामा

बलिउडमा कलाकारका केही गोप्य तस्बिर कहिलेकाही मिडियामा सार्वजनिक हुन्छन्, जसले बलिउड बजारलाई मात्र नभएर विश्व बजारलाई नै तताउने गरेको छ । बलिउडमा समय समयमा सार्वजनिक भएका केही तस्बिरले बिश्वभरका फ्यानको ध्यान तानेको थियो ।

केही समय अगाडि एउटा तस्बिर सार्वजनिक भयो, जहाँ नायक रणवीर कपुर र नायिका माहिरा खान चुरोट तान्दै थिए । न्यूयोर्कबाट सार्वजनिक भएको यी दुइको तस्बिरले प्रेमको रंग समेत भरेको थियो । तर, यो तस्बिरको चर्चा केही समयपछि सेलायो ।

प्रेममा रहँदा नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको डेटिङमा रमाएको एक तस्बिरले हंगामा मच्चायो । समुन्द्रको तटमा कट्रिना विकिनीमा थिइन् । यही तस्बिरबाट नै यी दुई कलाकारले डेट गरिरहेको पुष्टी भएको थियो ।

माल्दिभ्समा छुट्टी मनाउने क्रममा नायक उदय चोपडा र नायिका नगरिस फक्रीको एक तस्बिर सार्वजनिक भयो । नगरिस विकिनीमा र उदय टपलेस रहेको तस्बिरबाट उनीहरु प्रेममा रहेको पुष्टी भयो ।

नायक ऋतिक रोशन र नायिका कंगना रनावत प्रेममा रहेको भन्ने पुष्टी गर्नका लागि एक तस्बिर सार्वजनिक भयो । जहाँ, कंगना ऋतिकको अंगालोमा थिइन् भने ऋतिकले कंगनाको गालामा चुम्बन गरिरहेका थिए । यी दुइको विवाद उत्कर्षमा पुगेको समयमा यो तस्बिर सार्वजनिक भएको थियो ।

कुनै समय नायक साहरुख खान र नायिका प्रियंका चोपडा पनि प्रेममा रहेको खबर सार्वजनिक भएको थियो । सो समयमा साहरुख र प्रियंकाको एक तस्बिरले हंगामा नै मच्चाएको थियो । नायिका रिया सेन र अस्मित पटेलको एक एमएमएस सार्वजनिक भयो, जहाँ उनीहरु चुम्बनमा रमाइरहेका थिए । यो तस्बिर सार्वजनिक भएसँगै यी दुइ डेटमा रहेको खबर सार्वजनिक भएको थियो ।

बलिउडका कलाकारको प्रेम पुष्टी गर्नका लागि अरु पनि थुप्रै तस्बिर छन् । नायक प्रतिक बब्बर नायिका एमी ज्याक्सनले चुम्बन गर्दै गरेको एउटा तस्बिर सार्वजनिक भयो । यसपछि, यी दुइको प्रेमको खबर पनि बलिउडमा उड्न थालेको थियो ।

गतबर्ष सनी देवल र नायिका डिम्पल कपाडियाको एक तस्बिर सार्वजनिक भयो । लण्डनमा यी दुइलाई एक स्थानमा हात समाउँदै बसेको अवस्थामा उनका फ्यानले नै भेटेपछि उनीहरुको बिषयमा पनि बलिउडमा चर्चा सुरु भएको थियो ।
बलिउडमा कहिलेकाही कलाकारका यस्ता तस्बिर सार्वजनिक हुन्छन्, जसले कलाकारलाई त हैरान बनाउँछ नै, मिडियालाई भने तातो मसला बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment