Comments Add Comment

बोइज युनियन क्लबलाई डिभाइन वाइनले प्रायोजन गर्ने

२१ माघ, काठमाडौं । महाकाली वाईन प्रालिले सोमबार बोइज युनियन क्लबसँग आधिकारिक रुपमा सम्झौता गरेको छ ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबका अध्यक्ष निरजबहादुर राउतले हस्ताक्षर गरे ।

प्रायोजन संझौता बापतको रकम दस लाख छ । सम्झौता अनुसार डिभनाइ वाइनले १ वर्षको लागि बोइज युनियन क्लबलाई प्रायोजन गर्नेछ ।

सम्झौता अवधिभर क्लबको नाम डिभाइन बोइज युनियन क्लब रहनेछ ।
डिभाइन बोइज युनियनले सम्पुर्ण प्रतियोगिताहरुमा डिभाइनको लोगो आप\mनो जर्सिमा प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment