Comments Add Comment

छापामा आज : पूर्व–पश्चिम महेन्द्र राजमार्ग नै व्यक्तिको नाममा पास

विज्ञापनमा गल्ती भए ५ वर्ष कैद

२२ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भृकुटीमण्डपको जग्गा भाडामा दुईपूर्वमन्त्रीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको विषय परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेलगायत विरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

विज्ञापन नियमन विधेयकको चर्चा पनि आजका पत्रपत्रिकाहरुले गरेका छन् । पत्रपत्रिकाका अनुसार, विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रस्ताव गरिएको छ ।

त्यसैगरी, रोजगारीको लक्ष्य पुर्याउन सरकारले एक हजार उद्योगलाई अनुदान दिन लागेको, मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घटेको, महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास गरिएकोलगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

नेपाल समाचारपत्र दैनिकले ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको लेखेको छ । पूर्वपश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरकीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको समाचारमा उल्लेख छ ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको समाचारपत्रले लेखेको छ ।

समाचारपत्र लेख्छ– चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोपसमेत रहेको छ । पूर्व–पश्चिम लोकमार्ग २५ र सहायक मार्ग २५ मिटर छाडेर मात्र नापी कार्यालयले कित्ताकाट गर्नुपर्नेमा त्यसो नगरीकनै रजिस्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको छ ।’

नयाँ पत्रिकाले ‘मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घटेको छ ।

कान्तिपुरले सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको लेखेको छ ।

कान्तिपुर लेख्छ– विज्ञापन काशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।

जहदा नगरपालिका–१, मोरङको आधारभूत विद्यालयका विद्यार्थीले ढिलो आउने शिक्षक शिक्षिकालाई समयमा आउन बसाएको नियमलाई कान्तिपुरले एंकर बनाएको छ ।

आठ हुन्डीवाला अदालतमा शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले झोले एनजीओदेखि काठमाडौंका सार्वजनिक बसको दूरावस्थाबारे चासो राखेको छ ।

नागरिकले पदाधिकारी नआउँदै महिला आयोगमा ५ नयाँ गाडी ल्याइएको लेखेको छ । मर्मतसम्भार गरी प्रयोग हुनसक्ने गाडी प्रयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै आयोगले गाडी किनेको नागरिकको ठहर छ

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment