Comments Add Comment

‘साया’ अर्थात बोल्ड रेबती

नव–नायिका रेबती क्षेत्रीको करिअरका लागि आउँदो शुक्रबार बिशेष छ । किनकी, नेपाली चलचित्रमा पाइला राख्दै गरेकी रेबतीले अभिनय गरेको चलचित्र ‘समर लभ’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रको प्रचारप्रसारमा कुँदिरहेकी रेवतीले आफूलाई बोल्ड अवतारमा पनि प्रस्तुत गरेकी छिन् । चलचित्रमा केही अन्तरंग दृश्य दिएकी रेबती यो चलचित्रबाट आफू चलचित्र क्षेत्रमा स्थापित हुनेमा विश्वस्त छिन् ।

सोमबार आयोजित चलचित्रको एक कार्यक्रममा उपस्थित रेबती रातो पहिरनमा हट देखिइन् । अनलाइनखबरको क्यामेरामा पोज दिदै गर्दा रेबती कतै मुस्कुराइन् त कतै लजाइन् । यो चलचित्र हेरेपछि दर्शकले ‘साया’को रुपमा आफूलाई नै कल्पना गर्ने उनको वुझाई छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment