+
+

सानिमाको शाखा कान्तिपथ र गठ्ठाघरमा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २३ गते १३:१२

२३ माघ, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६आैं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा भयो ।

सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीतिलिएको बताए ।

त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंक संचालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासी र बैंकलाई समेत बधाई ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?