Comments Add Comment

सुमीको स्टाइल

चलचित्र ‘जानी नजानी’को हालैमात्र एउटा गीत रिलिज भएको थियो । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतको भिडियोमा हट अवतारमा देखिएकी छिन्, मोडल सुमी मोक्तान । सुमी मोक्तानले चलचित्रमा नायिकाको रुपमा भने अवसर पाएकी थिइनन् । तर, अब उनी हरी हुमागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘सरौतो’मा सुमी मुख्य नायिकाको रुपमा देखिदैछिन् ।

सुमीले यो चलचित्रको लागि वर्कआउट पनि खुबै गरेको बताइन् । यो चलचित्रमा उनी एक्सन अवतारमा देखिनेछिन् । उनलाई यो चलचित्रले आफूलाई स्थापित गर्ने आशा छ । सुमीले केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । तर, उनी नायिकाको रुपमा चलचित्र क्षेत्रमा जम्ने दाउमा देखिएकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment