Comments Add Comment

यामाहाको नयाँ सोरुम सीतापाइलामा

२४ माघ, काठमाडौं । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट काठमाडौंको सीतापाइलामा ‘थ्री एस’ सहितको सुविधा सम्पन्न नयाँ सोरुम शुरु गरेको छ ।

एमएडब्लु इन्टरप्राइजेजले आफ्नो पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउनेछन् ।

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ सोरुम अत्याधुनिक, सुविधासम्पन्न र ग्राहकमैत्री हुने बताए ।

त्यसैगरी, डी एन्ड डी अटोलिंकका प्रबन्ध निर्देशक अमिर महर्जनले यामाहाप्रतिको विश्वासकै कारणले दोस्रो सोरुम सुरु गरेको बताए ।  डी एन्ड डी अटोलिंकले विगत एक दशकदेखि काठमाडौंको टेकुमा यामाहा सोरुम संचालन गर्दै आएको छ ।

नयाँ सोरुमबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकपि्रय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।  स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकषिर्त गरिरहेको छ ।  यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् ।

यामाहाको ‘आर’ सिरिज र ‘एफजेड’ सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment