+
+

सरकारले भन्यो : अमेरिकासँगको सम्बन्ध ठीक ठाउँमा आइसक्यो  

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २४ गते १८:५७

२४ माघ, काठमाडौं । सरकारले भेनेजुएला प्रकरणमा अमेरिकासँग सम्बन्ध नबिग्रेको दावी गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल-अमेरिकाबीच कुनै असमझदारी भएको भए पनि अन्त्य भइसकेको दावी गरेका हुन् ।

भेनेजुएलामा हालै भएको राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा अभिव्यक्ति दिएपछि अमेरिकाले यस विषयमा नेपाल सरकारको धारणा माग गरेको थियो ।

त्यसपछि अमेरिकाले नेपाली राजदूतलाई बोलाएर स्पष्टिकरण लिनुका साथै नेपालमा सरकारले आयोजना गरेको कुटनीतिज्ञहरुको छलफलमा अमेरिकी राजदूत नआएपछि सम्बन्ध बिग्रिएको चर्चा भएको थियो । तर सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राजदूतसँग भेटिसकेको र केही असमझदारी बाँकी नरहेको बताएका हुन् ।

‘यस कुराले केही पनि बिग्रँदैन’, उनले थपे, प्रधानमन्त्रीले अमेरिकी राजदूतसँग भेटिसक्नुभएको छ । परराष्ट्रमन्त्रीले भेट्नुभएको छ । मिसअण्डरस्ट्याण्डिङ थियो अथवा पर्न गएको थियो भने पनि ठीक ठाउँमा आइसकेको छ ।’

मन्त्री बास्कोटाले यस विषय उठाइरहनु उचित नहुने जिकिर गरे । ‘हामीले अमेरिकालाई किटेर केही भनेका छैनौं । यसो गर्‍यो अमेरिकाले, उसो गर्‍यो अमेरिकाले भनेर केही भनेकै छैनौं’, मन्त्री बास्कोटाले भने, ‘सरकारको सम्बन्ध जहिले पनि मित्रवत छ । सद्भावको तहमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?