Comments Add Comment

प्रदेश ५ मा प्रादेशिक भूमि आयोग गठनको माग

२५ माघ, बुटवल । प्रदेश ५ का सांसदहरुले अव्यवस्थित बसोवास र सुकुम्बासी समस्या समाधान गर्न प्रादेशिक भूमि आयोग गठनको माग गरेका छन् ।

शुक्रबार प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कृष्णप्रसाद न्यौपाने र भोजप्रसाद श्रेष्ठले आयोग मार्फत सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या सदाका लागि अन्त्य गर्न माग गरेका हुन् । अव्यवस्थित बसोबास र सुकुम्बासी बस्तीमा राज्यले लगानी गरिरहने तर जनताले बर्षाैंसम्म लालपुर्जा नपाएको भन्दै स्थायी समाधानको विकल्प खोज्न आग्रह गरेका हुन् ।

सांसद डिल्लीबहादुर चौधरीले एक महिनामा एक पटक मुख्यमन्त्री र सांसदहरुबीच अन्तर्क्रिया गर्ने व्यवस्था मिलाउन माग गरे ।
कतिपय स्थानीय तहले अझैसम्म नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का नलगाउँदा राज्यलाई ठूलो धनराशी नोक्शान भएको भन्दै उनले छिटो ठेक्का लगाउने व्यवस्था मिलाउनुपर्ने बताए ।

नेकपाका सांसद कुलप्रसाद पोखरेलले प्रदेश विकास परिषद गठन भएको विषय सांसदहरुले पत्रपत्रिकाहरुबाट थाहा पाएको भन्दै परिषद गठन कुन आधारमा गरिएको हो भन्ने जानकारी माग गरे ।

प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश ५ तथ्याङ्क सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

त्यस्तै संसदको कृषि, वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले प्रदेश ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरे ।

भौतिक पूर्वाधार समितिका सदस्य इन्द्रप्रसाद खरेलले प्रदेश ५ भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको विधेकको प्रतिवेदनसहित प्रदेशसभामा पेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment