+
+

नवनियुक्त शाखा अधिकृतको ‘देश दर्शन’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते ८:०४

२६ माघ, काठमाडौं । नवनियुक्त नेपाल सरकारका शाखा अधिकृतहरुको ‘देश दर्शन’ कार्यक्रम सम्पन्न भएको छ । देशको वास्तविकता बोध गराउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६५ नवनियुक्त शाखा अधिकृतहरुलाई माघ १६ देखि २२ गतेसम्म देशका विभिन्न स्थान तथा कार्यालयहरुको अवलोकन गराएको हो ।

लोकसेवा आयोगबाट सिफारिस भई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ३३ औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी अधिकृतहरुको ७ दिने देश दर्शन अभियानअन्तर्गत विभिन्न १२ समूहमा प्रशिक्षणरत अधिकृतलाई अवलोकन तथा अन्तरक्रियाका लागि देशको भ्रमण गराइएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

देशको भौगोलिक, ऐतिहासिक, सास्कृतिक, आर्थिक अवस्था तथा जनजीविकाको जानकारी दिई सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले नवनियुक्त अधिकृतहरुलाई देशका विभिन्न स्थानको भ्रमण गराइएको जानकारी प्रतिष्ठानका अध्ययन निर्देशक तथा कार्यक्रम संयोजक तुलसीशरण सिग्देलले दिए ।

देश दर्शन कार्यक्रममा सहभागी शाखा अधिकृत गणेश पौडेलले देशको वास्तविकता बुझ्न पाउँदा निकै उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?