+
+

करोडसम्मका आयोजनामा डोजर लगाउन प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते ९:३९

२६ माघ, काठमाडौं । १ करोडसम्मका आयोजनामा अब डोजर प्रयोग गर्न नपाइने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ पारित गरेसँगै डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि अंकुश लाग्ने भएको हो ।

डोजरको प्रयोगले देशभित्रै पर्याप्त रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा डोजर प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।

प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले प्रतिवन्ध लगाइएको छैन । तर, त्यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने छ ।

निर्देशिकामा १ करोडसम्मका आयोजनामा उपलब्ध भएसम्म श्रममूलक प्रविधि प्रयोग गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

तीनवटै तहले सञ्चालन गर्ने विकास आयोजनाको कुल बजेटको निश्चित प्रतिशत श्रमिकको ज्यालामा खर्च गर्नुपर्नेलगायतका व्यवस्था पनि निर्देशिका समेटिएको छ ।

निर्देशिका फागुन १ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?