Comments Add Comment

घिउ ढुक्कले खानुहोस्, यस्तो छ फाइदा

अहिले धेरैले आफ्नो छाकबाट घिउ कटौती गर्न थालेका छन् । घिउसँग हाम्रो भान्साले दुरी बढाउँदैछ । हामी घिउसँग डराउन थालेका छौं । किन ?

किनभने, हामीलाई चिकित्सकले भन्ने गरेका छन्, ‘चिल्लोचाप्लो नखानु ।’

जब हामी मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुको भय पाल्छौं, चिल्लो चाप्लो खानेकुरा घटाउन थाल्छौं । त्यसैगरी जब हामी मोटोपन घटाउने चक्करमा लाग्छौं, तब चिप्लो खानेकुरा बन्देज गर्न थाल्छौं ।

चिप्लो-चाप्लो खाना भन्नसाथ हामी घिउलाई दोष दिन्छौं । हाम्रो मान्यता छ, घिउ खान हुँदैन बोसो लाग्छ । मोटोपन बढ्छ । रोग लाग्छ ।

तर, हिजोको दिनमा हाम्रा पिता-पूर्खाले घिउलाई उच्च महत्व दिए । आफ्नो खान्कीमा घिउ समावेश गर्नुपर्छ भन्दै आए । घिउ खाए जिउ लाग्छ भन्दै आए । घिउ, जसको शुद्धता र गुणस्तरमा हाम्रा पूर्खाले आँखा चिम्लेर विश्वास गरे । तर, हामी किन घिउसँग डराउन थालेका छौ ?

घिउ किन नखाने ?

पश्चिमा देशहरुमा अहिले घिउको प्रयोग बढीरहेको छ, जुन क्ल्यारिफाइड बटर नमले प्रचलित छ । घिउलाई अमेरिकामा तौल घटाउनको लागिसमेत प्रयोग गरिन थालेको छ । पश्चिमा देशहरुमा घिउभन्दा पनि नौनी अर्थात बटरको प्रयोग बढ्दो छ ।

प्राचिन कालदेखि प्रयोग हुँदै आएको घिउ चिल्लोको मात्रा एकदमै ९९ दशमलव ९ प्रतिशत हुन्छ । तर, चिल्लोसँगै यो भिटामिनको पावर हाउस नै हो । यसमा दुधमा पाइने प्रोटिन, काब्रोहाइड्रेट र पानीको मात्रा भने हुँदैन । पछिल्लो समय हाम्रो मुलुकमा घ्यू प्रयोग गर्नु स्वस्थकर भन्नेजस्ता गलत र भ्रामक सूचना पनि सम्प्रेशण भइरहेका छन् । तर, यो स्वास्थ्यको लागि अति उपयोगी हुन्छ ।

स्वस्थ मुटुका लागि

आरेम कार्की

घिउबाट प्राकृतिक रुपमा उमेगा ३ र उमेगा ९ ˆयाटी एसिड नामक पोषकतत्व पाइन्छ । यी दुबै तत्वले रत्तनलिमा जमेको कोलेस्ट्रोल हटाउन मदत पुग्छ । यी तत्वले रगत भएका कोलेस्ट्रोललाई पनि कम गर्न पदत गर्छ । ओखर, माछा, अल्मोण्ड, आलसबाट पाइने पोषणतत्व पनि यीनै हुन् । घिउमा भएका अन्य एन्टीअक्सीड्याण्टले रगतमा कोलेस्ट्रोल छ भने पनि रत्तनलिहरुमा जम्न दिदैन ।

मधुमेहका विरामीका लागि

हामीकहाँ भातसँग घिउ खाने प्रचलन छ । मधुमेहको समस्या हुनेहरुको लागि यो फाइदाजनक पनि हुन्छ । किनकी घिउले भातमा भएको काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन दिदैन । जसले रगतमा अचानक चिनीको मात्रा बढ्नबाट रोक्ने काम गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण त हुन्छ नै लामो समय शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

मजबुत हाडको लागि

खासगरि भिटामिन के १ वनस्पति जन्य खाद्यपदार्थबाट प्राप्त हुन्छ भने भिटामिन के २ जीवजन्तु जन्य खाद्यान्नबाट पाइन्छ । भिटामिन के २ ले शरिरमा विभिन्न प्रकारका मिनेरल उपयोग गर्नमा मद्यत पुर्‍याउँछ । यसले क्याल्सियमलाई सही तरिकाले प्रयोग गर्न मद्दत गरि हाडलाई बलियो बनाउन सहयोग गर्छ ।

भिटामिन के २ ले हाड बलियो र स्वस्थ बनाउनको लागि क्याल्सियमको भन्दा बढी भूमिका खेल्ने पनि बताइन्छ । यो भिटामिनले हाडलाई मात्र नभएर दाँतलाई पनि स्वास्थ राख्ने काम गर्छ ।

जोर्नी स्वस्थ बनाउन

हाड-जोर्नीको समस्याबाट धेरै मानिस प्रताडित छन् । जसरी चिल्लो गि्रज हालेपछि मेसिनले राम्रोसँग गरि काम गर्छ, घ्यूले पनि हाम्रो शरिरमा त्यस्तै काम गर्छ । घिउले जोर्नीहरुमा आवश्यक पर्ने चिल्ल्ाो पदार्थको मात्रा मिलाउन मदत गर्छ । यसले जोर्नीमा आवश्यक पर्ने लचकता पनि प्रदान गर्छ ।

प्रतिरक्षा प्रणाली बढाउन

घिउमा प्रसस्त मात्रामा भिटामिन ए हुन्छ । जुन चिल्लोमा घुल्ने भिटामिन हो । यसको काम भनेको शरीरमा भएको रोगसँग लड्ने क्षमता अर्थात प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने हो । बच्चामा वर्षमा दुई पटक भिटामिन ए को थापा खुवाउनु पनि उनीहरुलै सजिलै रोगले आक्रमण नगरोस भनेर नै हो । यतिमात्र नभएर भिटामिन-ए ले एण्टीअक्सीड्याण्टको पनि काम गर्छ ।

जसले शरीरको कोषहरु मार्ने वाहिरि तत्वहरुलाई पनि निर्मुल पार्ने काम गर्छ । घिउको यस्तै गुणले गर्दा पेट र आन्द्राको क्यान्सरको सम्भावनाबाट टाढा रहन सकिन्छ ।

शरीरलाई शक्ति प्रदान गर्न

खेलाडीहरुले लामो समयसम्म शक्ति प्राप्त गर्नको लागि घिउको प्रयोग गर्छन् । घ्यूमा भएको सर्ट चेन ˆयाट्टी एसिड सिधै कलेजोमा गएर शक्तिमा परिणत हुने गर्छ । यसका साथै घ्यूले भिटामिन ए, भिटामिन डी, भिटामिन इ र भिटामिन के लाई पनि शरीरमा राम्रोसँग संचित गर्ने काम गर्छ । जसले गर्दा शरीरलाईर् शक्ति प्रदान हुन्छ ।

आन्द्राको रोगबाट बच्न

स्वस्थकर आन्द्राको लागि सबैभन्दा आवश्यक तत्व भनेको ब्युटाइरिक एसिड हो । यसले आन्द्राको कोषहरुमा पोषण प्रदान गर्छ र अस्वस्थ कोषलाई स्वस्थ बनाउन मदत पुर्‍याउँछ । जुन एसिड घ्यूबाट प्रशस्त मात्रामा पाउन सकिन्छ ।

शरीरको इन्फ्लामेसन घटाउन

घिउले सुनिने समस्यालाई पनि धेरै हदसम्म कम गर्छ । जस्तो की ग्यासट्राइटिसले पेटको भित्री भाग सुन्निन्छ । घुँडा, हाड सुनिने समस्या पनि भइरहन्छ । यसलाई कम गर्नको लागि घ्यूमा भएको ब्युटाइरिक एसिडले काम गर्छ ।

आँखालाई स्वस्थ राख्न

घिउमा भएको भिटामिन ए ले आँखाको कोषहरुलाई स्वस्थ बनाउन सहयोग पुर्‍याउँछ । यसले अन्य विभिन्न आँखासम्बन्धि समस्यालाई पनि निको पार्ने काम गर्छ ।

छालालाई चिल्लो र स्वस्थ राख्न

छालालाई स्वस्थ राख्नको लागि चिल्लो पनाको आवश्यक हुन्छ । जुन घ्यूबाट प्राप्त गर्न सकिन्छ । यसले छालामा मोइस्चराइजेसनको काम पनि गर्दछ । छाला ड्राइ भइरहेमा चाडै चाउरी पर्ने हुन्छ । घिउको नियमित सेवनले यस्ता झण्झटबाट मुक्ति पाउन सकिन्छ ।

यसकारण भुटनमा घिउ खानुस्

सोयविन, सनˆलावर, तोरीजस्ता वनस्पति तेल तताउँदा धुवा निस्किने गर्छ । यसरी निस्कने धुवासँगै एलडिहाइड र केटोन जस्ता पदार्थहरु निस्कन्छन् । जुन हाम्रो शरिरका लागि हानीकारक हुन्छ । जसले शरिरको कोषहरु मार्ने र रत्तनलिहरुमा जमेर साँगुरो बनाउने काम पनि गर्छ । परिणाम ह्दयघातसमेत हुन सक्छ । तर, घ्यूले भने अन्य तेलको तुलनामा धेरै तापक्रम झेन्न सक्छ र विग्रदैन पनि । नेपालमै पनि करिब ४० – ५० वर्ष अगाडी सम्म तरकारी पकाउन घ्यूकै प्रयोग गरिन्थ्यो । यतिसम्मकी मासु पनि घिउमा पकाइन्थ्यो ।

कार्की डाइटिशियन हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment