Comments Add Comment

चेल्सीको पोष्टमा म्यान्चेस्टर सिटीको ६ गोल, अग्युइरोको ह्याट्रिक

Photo Credit : प्रिमियर लिग

२८ माघ, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युइरोले ह्याट्रिक गरे । त्यस्तै, रहिम स्ट्रलिङले दुई र इल्क्ये गुन्डुगनले एक गोल गर्न सफल भए ।

चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युइरोले १३ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । अग्युइरोले १९ औं मिनेटमा अर्को गोल गर्दे सिटीलाई ३-० गोलको अग्रता दिलाए ।

एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्दै ४-० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४-० गोलअन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खायो । ५६ औं मिनेटमा अग्युरोले गोल गर्दै  ह्याट्रिक पूरा गरेका थिए ।

योसँगै सिटी ५-० गोलअन्तरले अघि रहेको थियो । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६-० गोलको जित दिलाए ।

जितपछि सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment