Comments Add Comment

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । फाफ डु प्लेसिस र क्विन्टन डिककको उत्कृष्ट ब्याटिङसँगै दक्षिण अफ्रिकाले पहिलो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले हराएको छ ।

२३२ रनको लक्ष्य पछ्याएको उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । रिजा हेनरिक्स मात्र १ रनमा आउट भए । तर, डिकक र फाप डु प्लेसिसले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरे । डिकक ८१ रनमा आउट भए ।

डु प्लेसिसले रासी भान डेर डासनसँग ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई जिताए । डु प्लेसिस ११२ र डेर डासन ३२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाको राम्रो सुरुवात हुन सकेन । २३ रन जोड्दा २ विकेट गुमाएको उसका लागि कुसल परेरा र ओशाडा फर्नान्डोले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । परेर ३३ रनमा आउट भए ।

लगतै फर्नान्डोले पनि ४९ रनमा पभेलियन फर्किए । कुलश मेन्डिस र धनन्जय डि सिल्भाले पाँचौं विकेटका लागि ९४ रनको महत्वपूर्ण साझेदारी गरे ।

यो साझेदारी टुटेपछि श्रीलीका धरासायी भयो र ४७ ओभरमा सबै विकेट गुमाएर २३१ रन बनायो । उसका मेन्डिसले ६० रन बनाए भने सिल्भा ३९ रनमा आउट भए ।

उसलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका इमरान ताहिर र लंगी नगिदीले ३–३ विकेट लिए ।

पाँच म्याचको सिरिज अन्तरगतको दोस्रो खेल पर्सि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment