Comments Add Comment

२० हजार दर्शकमाझ अनमोललले गाए ‘रहर छ सँगै’

नायक अनमोल केसी यसअगाडि मोफसलमा आयोजना महोत्सवमा पुगेका थिएनन् । काठमाण्डौ बाहिरका केही शहरमा केही महिना अगाडि आयोजित कन्सर्टमा रमाएका अनमोल खजुरा महोत्सवमा सहभागी हुन आइतबार नेपालगञ्ज पुगे ।

अनमोल आउने खबर पाएर महोत्सवमा २० हजार भन्दा बढी दर्शक उपस्थित थिए । दिउँसो १ बजेबाट अनमोलको प्रतिक्षा गरेका दर्शकले बेलुकी ५ बजेमात्र अनमोललाई देख्न पाए । उच्च सुरक्षाको साथमा महोत्सवमा पुगेका अनमोललाई देख्दा यूवायूवतीले हुटिङ गरे । एकसाथ २० हजार भन्दा बढी दर्शक देख्दा अनमोल पनि उत्साहित देखिए ।

आयोजकले शनिबारदेखि नै अनमोल आउने भनेर प्रचार गरेकाले पनि महोत्सवमा दर्शकको थामिनसक्नु भिड लागेको हो । करिब १० मिनेट स्टेजमा बिताएका अनमोलले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’को भने भरपुर प्रचार गरे । उनले दर्शकसँग ‘क्याप्टेन कहिले रिलिज हुन्छ ? फागूण १७ मा कुन चलचित्र आउँछ ? जस्ता प्रश्न गरेका थिए ।

साथमा अनमोलले स्टेजमा आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत पनि गाएका थिए । यस्तै, उनले चलचित्र ‘कृ’मा समावेश ‘यति यति पानी’ बोलको गीतमा नृत्य समेत गरेका थिए । कारमा महोत्सवमा पुगेका अनमोललाई प्रहरीले उच्च सुरक्षा दिएको थियो । अनमोलले फागूण १७ गते चलचित्र ‘क्याप्टेन’ रिलिज भएपछि फेरि आउने र सँगै चलचित्र हेर्ने भन्दै नेपालगञ्जका दर्शकलाई उत्साहित बनाए ।

अनमोल आउने भनेपछि महोत्सवमा सहभागी भएका दर्शकको उच्च चापका कारण आयोजकलाई समेत सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment