+
+
Shares

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, अब बन्यो ‘सन्सा’ जोडी

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २९ गते ११:००

नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ । बलिउडबाट सुरु भएको यो शैली नेपालमा पनि अहिले व्याप्त छ ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले पनि आफूहरुको नाम मिलाएर ‘आयंका जोडी’ बनाइसकेका छन् । बर्षा र संजोग विगत ७ बर्षदेखि प्रेममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?