
१ फागुन, काठमाडौं । नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक अभियानमा हलचल आएको छ । मसालले रक्तिमका अध्यक्षसमेत रहेका जीवन शर्मालाई कारबाही गरेसँगै यसमा हलचल आएको हो ।
मसालले पार्टी हितविपरीत स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गीत गाएको आरोप लगाउँदै शर्मालाई केही दिनअघि निलम्बन गरेको थियो ।
यसले रक्तिममा विवाद ल्याएको छ । विवाद चर्किएपछि रक्तिमको आइतबारका लागि तय सम्मेलनलाई शर्मा पक्षले निरन्तरता दिएको छ भने अर्को पक्ष सहभागी भएको छैन ।
रक्तिम अभियानका महासचिव नारायण योगीले व्यावहारिक तथा परिस्थितिजन्य बाध्यताले सम्मेलन स्थगन गरिएको बताए । तर, उनले रक्तिममा त्यस्तो परिस्थितिजन्य बाध्यता के आइलाग्यो भन्नेबारेमा भने केही पनि खुलाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4