Comments Add Comment

यो कुरा बोकेर जिन्दगी चलाउने सरकार होइन : प्रधानमन्त्री

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले कुरा बोकेरमात्रै जिन्दगी नचलाउने बताएका छन् ।

नेपालको पानी जनताको लगानी कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले सरकार हल्लिएर बस्ने, कुरा बोकेर बस्ने नभई भिजनसहित आएको सरकार भएको दावी गरे । ‘यो सरकार कुरा बोकेर जिन्दगी चलाउने होइन’ उनले भने ‘नेपाली जनताले कुरा बोकेर जिन्दगी चलाउने होइन भनेर भिजन सहित सुदृढ सरकार बनाएका छन् ।’

यो सरकारले एक वर्ष वा ५ वर्षका लागिमात्र नभई वर्षौवर्षसम्मका लागि विकासको आधार खडा गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘विकासका निम्ति आधार वर्ष हो अहिलेका लागि होइन, ५ वर्षका लागि होइन, आगामी धेरै वर्षका लागि विकासको आधार हो । यसले मजवुत आधार बनाएको छ’ उनले भने ।

अहिलेको सरकारले एक वर्षभित्रमा कानूनी, आर्थिक, संरचनागत, व्यवहारिक सबै हिसाबले बलियो जग तयार पारेको भन्दै उनले यसले हजार तले घर पनि थाम्न सक्ने दावी गरे । ‘यस्तो मजवुत जग बनाइएको छ । अब दुई चार १० २० तले होइन हजार तले घर बनाउनुहुन्छ भने यो जगले थाम्छ’ उनले भने ।

सरकार छलछाम गर्ने नभई स्पष्ट योजना र मार्गचित्रका साथ अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए । अहिलेको सरकारले यसअघि एक वर्षको अवधिमा कसैले गर्न नसकेको काम गरेको पनि प्रधानमन्त्री ओलीले दावी गरे ।

‘म दावाका साथ भन्छु नेपालको प्रगति यस एक वर्षमा इतिहासमा पहिले कहिले भन्दा बढी गतिका साथ काम भएको छ उपलब्धीका साथग काम भएको छ। तथ्यले आँकडाले बताउँछ’ उनले भने ‘यसैगरी नेपाल अगाडि बढ्ने हो भने नेपाल बेग्लै अवस्थामा पुगिसक्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment