Comments Add Comment

माछापुच्छ्रे बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा

रियल टाइममा नै खाता खोल्न मिल्ने

२ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिक स्थित तार्पुमा, लमजुङको मध्य नेपाल नगरपालिकास्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित भत्केपाटी र पिपलबोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा आफ्ना ग्राहक सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्‍याइरहेको बैंकले जनाएको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहितबैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटयान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

‘नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment