Comments Add Comment

भद्रकालीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते

५ फागुन, काठमाडौं । भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् ।

बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment