Comments Add Comment

प्रिय अरिंगाल मित्रहरु, अभिवादन !

अरिङ्गालहरुका लागि शिशिर ऋतु साह्रै कष्टकर हुन्छ। प्रतिकूल मौसमत्यसमाथि फूलहरु नफूल्ने बेलामुटु काँप्ने जाडोमा थपिएको झरीबेला बेलामा आइरहने भूकम्पको पराकम्पन।अरिंगालहरु दिक्क मान्दै भन्छन् होला: यो शिशिर ऋतु किन आउँछ होला ?’

कस्तो बिर्सेको ! तपाईंहरु त मानव अरिंगालहरु पो हो क्यारे ! बालुवाटार र सिंहदरवार वरपर ठूलो ओतमा निस्फिक्री बसे पनि बिचरा ! तपाईंहरुका लागि पनि अचेल तिनै शिशिर ऋतुका अरिंगालको जस्तै जस्तै हाल भएको छ होला।त्यसैले सहानुभूति स्वरुप यो पत्र लेख्दैछु।

सरकारकै कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट मौखिक नियुक्ति प्राप्त तपाईंहरु जस्ता हजारौँ अरिंगालहरुको महत्व दिन दुगुना रात चौगुना बढिरहँदा तपाईंहरु कति ब्यस्त हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ । तैपनि यो खुलापत्र लेख्ने हिम्मत गरेँ। तपैँहरुकै हितमा भएकोले पढ्नु हुनेछ भन्ने पूर्ण आशा गर्दछु।

दुई तिहाईको सरकारस्थिर सरकारसमाजवादीहरुको सरकार,गरीब जनताका प्रतिनिधि कम्युनिस्टको सरकार ! सुन्दै आनन्दमय यो सरकारको त जनताले जयजयकार गर्नुपर्ने तर पनि किन तपाईंहरु जस्ता अरिंगाल लगाएर प्रतिरक्षा गर्नु पर्यो होला भनेर म आश्चर्यमा परेको छु। तर तपाईंहरुले रोज़गार पाउनु भोत्यसमा म बडो खुश  छु। तपाईंहरुको अरिंगाल पथको सम्मान गर्दै तपाईँहरुले ताकेको र तोकेको पारिश्रमिक या पुरस्कार प्राप्त हुनेछ भन्ने आशा लिएको छु।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। सरकारले हत्यारा पत्ता लगाउन सकेन। चौतर्फी सरकारको आलोचना भए पछि तपाईंहरुलाई लौन ! सरकारको प्रतिरक्षा गर्नु पर्यो भनेर अनुरोध आयो। सुन काण्डका अभियुक्तहरु लुकाईयोसरकारको बचाउका लागि तपाईंहरु खटिनु भयो, वाइडबडी काण्डले पनि सरकारकै टाउको दुखायोत्यहाँ पनि तपाईंहरुलाई प्रतिकारमा उतारियो। सन्त डाक्टर गोविन्द के.सी. को आमरण अनसन तोडाउन त तपाईंहरुले अभूतपूर्व काम नै गर्नु भयो। सेना र प्रहरी भन्दा पनि तपाईहरुको योगदान उच्च रहेको कुरा प्रधानमन्त्रीज्यूको अरिंगालका नाममा हुने गोप्य संबोधन’ मा समेटिनेमा म ढुक्क छु।

ए साँच्चै ! तपाईंहरुको कार्यक्षेत्र बढेकोमा बधाई दिन चाहन्छु। लोक गायक पशुपति शर्माले लुट्न सके लुट् कान्छा’ बोलको गीत बनाएपछि तपाईंहरुको निद नै हराम भएको खबर पाउँदा भने मलाई अत्यन्त दु:ख लागेको छ। नहोस् पनि त कसरीबलात्कारी र भ्रष्टाचारी बचाउन त निर्देशन मानेर खनिने तपाईं मानव अरिंगालहरुले आफ्ना मालिकलाई नाना भाँती आरोप लगाउनेलाई किन छाड्नेछाड्नु हुन्थेन।बधाई छ: तपाईंहरुले दिएका धम्कीका डरले पशुपतिले युट्युबबाट गीत हटाए।

तर उनले हटाएर मात्र के गर्नु फेसबुक र युट्युबमा हजारौँले अपलोड गरेर तपाईंहरु माथि झन् दह्रो दनक दिएका छन्। आम्मै ! कता कता बन्द गर्नु ! पेट्रोलको आगो भन्दा बढि जोडले फैलियो। लौ बर्वाद भो ! अब के गर्ने होलातेत्तीस किलो सुन पचाउन बरु गाह्रो भएन तर यो गीत पचाउन बडो कठिन भएको अनुभव मैले पनि गरेको छु।

पशुपति शर्मा सिधै दुई तिहाईको सरकार माथि जाई लागेका हुन्। त्यति मात्र हो र ! हामी सबै टाठा बाठाहरुको बिरुद्द छन् उनी। सरकारी शिक्षकलाई आफ्नै स्कूलमा पढ़ा भन्ने पशुपति कोएउटा जागिर खाने सुब्बालाई घर कसरी ठड्याईस भन्ने त को हुन् पशुपतिएउटा ठेकेदारलाई कमसल काम गरिस् भन्ने को हुन् पशुपतिवाईड बडी र सुन काण्डमा भ्रष्टाचार भयो भन्ने को हुन् पशुपतिकाम केही नगरी भाषण मात्र ठोक्ने र स्वर्ग जस्तो देशमा यमराजको शासन भन्ने पशुपतिको हैसियत कसरी भयोजाबो ट्राफिक लाईट त राख्न सकिन्छ भो भन्ने पशुपति को होराज्यका बिसंगति बारे बोलेर दुई रातमै सरकार हल्लाउने पशुपति को?

किन पशुपतिले मै पनि नेकपातैँ पनि नेकपा’ जस्ता गीत बनाउन सक्दैनन्किन सबै जनता खुशी छौँ नि ओली राजैमा’ भन्ने बोलका गीत गाउन सक्दैनन्त्यसैले यिनी माथि तपैँहरु मजाले खनिनुपर्छ। खनिनुस्। तपैँहरुले लडेर ल्याईदिएको गणतन्त्रमा एउटा राजा फालेर सयौँ राजा आए भनेर आलोचना गर्ने पशुपति या गुहेश्वरी जो आए पनि छोड्नु हुन्न।

अरे यार ! यो सरकारलाई त आलोचक हैन प्रशंसक चाहिएको छ। सरकारको लाचारीपनलाई पनि ठिक छ ठिक भनेर भट्याउने तपाईंहरु जस्ता कर्मठ अरिंगालहरु चाहिएको छ। जे जे गरे पनि मजाले ताली पड्काएर हँ मा हँ गर्नेहरु एस म्यानहरु चाहिएको छ।दुई तिहाईको सरकारलाई अवरोध तथा बिरोध गर्ने सबैलाई ठेगान लगाउन तपाईंहरुको प्रयास सह्रानीय छ। तपाईंहरुको जय होस्सरकारको जय होस् ! लुट्न सम्म लुट् कान्छा गाउने पशुपति त के कुनै ब्रम्हा या उग्र चण्डी आए पनि नछोड्नुहोला।

गायक पशुपति शर्माले गरीब,निरीह जनताको पक्षमा गीत गाएर ठूलो गल्ती गरेका छन्।गणतन्त्र जस्तो ब्यवस्थाको बिरोध गर्न पाईन्छ?  भ्रष्टाचार बिरोधी गीत गाईरहने हो भने देशमा मैँ हूँ भन्ने सबैको बिजोग हुन्छभ्रष्टाचारको बिरुद्दमा दुई दिनमै करोडौँ जनताको कानमा परिसकेको यो गीत हाम्रा लागि निकै कष्टकर छ।यसरी जनताको गीत गाउने तर नेताको गीत नगाउनेहरुबाट भोलि झन् खतरा हुन्छभोलि यिनले तपाईंहरुकै बिरुद्द गीत गाउनेछन्। चनाखो हुनुहोला अब उनका गीत  जनताले घर घरमाटोल टोलमा बजाउने छन्। बरु तपाईंहरुको पहूँच पुग्छ भने सरकारलाई एउटा अरिंगाल मन्त्रालय बनाएर सशक्त प्रतिकार गर्न सुझाव दिनुहोला।

अरिंगालपथ जिन्दावाद ! तपाईंहरुको शुभचिन्तक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment