+
+
Shares

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ६ गते १०:२७

६ फागुन, काठमाडौं । सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । ती मध्ये अधिकांशको समायोजन संघमा भएको छ ।

हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार ६९१ छ । ९०७ जनाको प्रदेशमा र ७४३ जना स्थानीय तहमा समायोजन भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६७६ सहसचिवमध्ये संघमा ५७४ र प्रदेशमा १०२ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

यो पनि पढ्नुस्– शिक्षाका आधाभन्दा धेरै उपसचिव स्थानीय तहमा समायोजन

२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५३१, प्रदेशमा २३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।

यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३४१ जना संघमा, ३७१ जना प्रदेशमा र १७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।

यस्तै, लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।

राजश्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

फागुन ५ गतेसम्म समायोजन भएका कर्मचारीहरुको विवरण

सि.नं.    श्रेणी  समूह  संघ   प्रदेश  स्थानीय तह   जम्मा कर्मचारी    
१. रा.प. विशिष्ट सचिव ५७ ० ० ५७
२. रा.प. द्वितीय सहसचिव वा सो सरह ५७४ १०२ ० ६७६
३. रा.प. द्वितीय उपसचिव (लेखा) १६० ७ ७ १७४
४. रा.प. द्वितीय उपसचिव (प्रशासन) ८३६ ८ ४ ८४८
५. रा.प. द्वितीय उपसचिव (राजश्व) १५२ १४ ० १६६
६. रा.प. द्वितीय उपसचिव (शिक्षा) १४६ ५६ २२७ ४२९
७. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोपावर २० ० ० २०
८. रा.प. द्वितीय आर्थिक योजना तथा तथ्यांक सेवा/तथ्यांक ५८ ० ० ५८
९. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल मेकानिकल १७ ० ० १७
१०. रा.प. द्वितीय वन सेवा/जनरल फरेष्ट्री ३५ १०७ ० १४२
११. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल ४४ ३७ ० ८१
१२. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोलोजी ७ ७ ० १४
१३. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/सर्भे ५६ १ ० ५७
१४. रा.प. तृतीय अधिकृत/प्रशासन २३४१ ३७१ १७८ २८९०
१५. रा.प. तृतीय अधिकृत/लेखा ६१० १९५ ३२७ ११३२
१६. रा.प. तृतीय अधिकृत/राजश्व ५७८ २ ० ५८०
जम्मा ५६९१ ९०७ ५६९१ ९०७
स्रोतः कर्मचारी समायोजन महाशाखा  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?