Comments Add Comment

राजस्वका पूर्व अधिकृत रिजालविरुद्ध झण्डै ३ करोडको अकुत सम्पत्ति मुद्दा

७ फागुन, काठमाडौं । राजस्व अनुसन्धान विभाग ललितपुरका पूर्व शाखा अधिकृत रामजी रिजालविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष अवकास पाएका रिजालविरुद्ध झण्डै ३ करोड बिगो दाबी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरेको हो । रिजालले ३४ वर्षे सेवा अवधिमा पदमा रहँदा गैर कानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।

२०४० सालमा खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरेका रिजाल ०४१ सालमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी भएका थिए । गत ०७४ बैशाख १५ मा उनले ाजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृत पदबाट अनिवार्य अवकास पाएका थिए ।

उजुरीका आधारमा उनको सेवाअवधिलाई जाँच गर्दा तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा विक्री, श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्टि्रव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स, अवकास पश्चात प्राप्त सुविधा, कर्जा लगायत गरी एक करोड ९६ लाख ८६ हजार ५ सय ९ कूल आय देखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

उनका अुनसार सोही अवधिमा रिजालले जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डि वटुवा प्रालि एवं संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रालिहरुमा लगानी, विभिन्न बैंक तथा वितिय संस्था एवं प्रालि कम्पनीहरुमा शेयर लगानी, शैक्षिक खर्च, सुन चाँदी खरिद एवँ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात गरी ४ करोड ९४ लाख २४ हजार ८ सय १९ लगानी गरेको भेटिएको छ ।

रिजालको बैध आयको तुलनामा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको अख्यियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले सोही बराबरको बिगो दाबी राख्दै जफतको मागसहित मुद्दा दायर गरेको छ । मुद्दा मा रिजालकी श्रीमती स्वस्थानीलाई प्रतिवादी कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment