Comments Add Comment

ग्यास बाल्न सिक्दै अभिनेत्री प्रियंका  

अहिले घर-घरमा ग्यास चुल्हो छ । ग्यास चुल्होले खाना पकाउन सजिलो र सरल बनाइदिएको छ । तुलनात्मक रुपमा दाउरा/कोइला बाल्नुभन्दा किफायती पनि छ । धुवाँरहित हुने भएकाले स्वास्थ्यलाई हानी पनि गर्दैन ।

तर, ग्यास चुल्हो जोखिमरहित भने छैन । खासमा भन्ने हो त अहिले तपाईं/हाम्रो भान्सा धराप बन्न सक्छ । यदि थोरै मात्र असावधानी भइदियो भने ग्याँस सिलिन्डर जोखिमयुक्त बन्न सक्छ । ग्याँस सिलिन्डर पड्केर धेरैले ज्यान गुमाइसकेका छन् । कति अंगभंग भएका छन् । कतिको धनमाल जलेर नष्ट भएको छ ।

केही समयअघि काभ्रेपलान्चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर ६ बर्षिय बालिकाको मृत्यु भएको थियो ।

केही बर्षअघि रौतहटको कनकपुरमा ग्यास पड्कदा दुई जना व्यापारीको मृत्यु भएको थियो । यस्तै लहानमा पनि ग्यास पड्केर एक महिलाको मृत्यु भएको थियो ।

ग्यास चुल्हो खाना बनाउनका लागि छिटो र छरितो माध्याम त हो । तर, यसको प्रयोगमा गरिने थोरै मात्र असावधानी ठूलो जोखिम बन्न सक्छ । खासगरी ग्यास सिलिन्डर प्रयोग गर्न नजान्दा ज्यान नै जाने खतरा हुन्छ ।

हुन त अहिले सबैजसो व्यक्तिलाई ग्यास चलाउन आउँछ । खाना पकाउन आउँछ । सबैले विहान बेलुकी नै ग्यास प्रयोग गरिरहेका हुन्छन् । अर्थात सबैजसो व्यक्ति ग्यास प्रयोगमा अभ्यस्त छन् ।

सुरुवाती दिनहरुमा भने ग्यास कसरी बाल्ने, ग्यास प्रयोग गर्दा के कस्ता सावधानी अपनाउने भन्ने हुन्थ्यो । ग्यास बाल्न आनाकानी गरिन्थ्यो । अहिले ग्यास चुल्हो प्रयोग गर्न सिकाउने वा सिक्ने गरिदैन । किनभने यसलाई सामान्य ठानिन्छ ।

तर, ग्यास चुल्हो प्रयोग गर्नु सामान्य होइन । यसको प्रयोग विधी जान्नुपर्छ । हामी दिनहुँ ग्यास बाल्ने र खाना पकाउने गर्छौं । त्यस हिसाबले हामीलाई यो सामान्य लाग्छ । तर, यसरी ग्यास प्रयोग गर्ने क्रममा गरिने कतिपय गल्ती निकै भयानक हुनसक्छ ।

ग्यास प्रयोग कसरी गर्ने ? ग्यास प्रयोग गर्दा के कस्ता कुरामा सावधानी अपनाउने ? कसरी ग्यास लिक हुने संभावनालाई रोक्न सकिन्छ ? ग्यास कस्तो अवस्थामा जोखिमपूर्ण हुन्छ ?

यावत् कुरा हामीले जान्नैपर्छ ।

सामान्यत ग्यास प्रयोग गर्नुअघि चुल्हो र सिलिन्डर ठिक हुनुपर्छ । कतिपय सिलिन्डर पुरानो हुन्छ र त्यसबाट ग्यास चुहिन्छ । जब हामी लाइटर बाल्छौं, त्यसको आगो अन्यत्र फैलिन्छ ।

त्यस्तै ग्यासको पाइप पनि जोखिपूर्ण हुनसक्छ । ग्यासको पाइपमा फोहोर थेग्रिने, प्वाल पर्ने जस्ता समस्या हुनसक्छ । ग्यासको पाइपलाई मुसाले काट्ने गर्छ । जब हामी पाइप जाँच नगरी ग्यास बाल्छौं, चुहिएको ग्यासबाट आगलागी हुनसक्छ ।

ग्यास बाल्नुअघि घरको झ्याल खुला राख्नुपर्छ । गुम्सिएको कोठामा ग्यास बाल्दा जोखिमपूर्ण हुनसक्छ । ग्यासको लाइटर प्रयोग गर्नुअघि ग्यास चुहिएको छ/छैन जाँच गर्नुपर्छ । यदि ग्यास चुहिएको छ र कोठाको झ्याल ढोका बन्द छ भने, त्यस्तो अवस्थामा लाइटल बाल्नु निकै खतरनाक हुनसक्छ ।

ग्यास प्रयोग गरिसकेपछि सिलिन्डरमा रहेको रेगुलेटरमा नै ग्यास बन्द गर्नु उपयुक्त हुन्छ ।

प्रियंकाको सन्देश, कसरी ग्यास बाल्ने ?

ग्यास चुल्हो कसरी प्रयोग गर्ने ? कसरी प्रयोग गर्दा ग्यास किफायती हुन्छ ? जोखिमरहित हुन्छ ? यीनै विषयमाथि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुशमान देशराज जोशीले सन्देशमुलक सामाग्री पेश गरेका छन् । नाटकिय शैलीमा । यो भिडियो सामाग्री खासगरी ति सबैका लागि उपयोगी छ, जो ग्यास चुल्होको प्रयोग गर्छन् ।

करिब ३० मिनेट लामो उक्त फिल्ममा मनोरञ्जनात्मक शैलीले ग्यास सिलिन्डर प्रयोग गर्ने विधीबारे जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment