Comments Add Comment

मुक्ति सेनाको नाममा खोलिएको विद्यालयलाई भारतीय दूतावासको तीन करोड

Photo Credit : Bijaya Singh Bharati

८ फागुन, प्युठान । भारतीय राजदूतावासको सहयोग तथा प्रतिमान-निमा स्मृति प्रतिष्ठानको पहलमा मुक्ति माध्यमिक विद्यालय रातामाटा प्यूठानमा सुविधायुक्त ‘विज्ञान भवन’ निर्माण गरिएको छ । मंगलबार शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले नवनिर्मित भवनको उदघाटन गरेका छन् ।

तत्कालीन राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै २००८ सालमा प्यूठान गौडाको बडाहाकिम प्रतिमान चन्द बोहराले मुक्ति सेनाको रोकिएको तलब निकासा गरी उक्त रकमबाट ‘मुक्ति मिडिल स्कुल’ नामाकरण गरेका थिए ।

भारतीय राजदूतावासको करिव ३ करोडको सहयोगमा विद्यालयमा छात्राबास, शैक्षिक भवन तथा कम्पाउण्ड वाल निर्माण भएको हो ।

एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत यो विद्यालयमा हाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायका विषयहरु पढाइ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment