+
+

स्विट्जरल्याण्डमा राजदूत धितालको बिदाई

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते ११:२५

स्विट्जरल्याण्ड । आफ्नो कार्यकाल पूरा गरेर नेपाल फर्कन लागेका राजदूत दीपक धिताललाई एनआरएनए स्विट्जरल्याण्डले बिदाई गरेको छ।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिसमेत रहेका धिताललाई आइतबार राजधानी बेर्नमा एक कार्यक्रमका बीच नेपाली समुदायले बिदाई गरेको हो ।

स्विट्जरल्याण्डस्थित नेपाली राजदूतावासमा धितालले झन्डै ५ वर्ष काम गरेर नेपाल फर्कन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ नेपाली टोलिलाई आफ्नै कार्यकालमा स्विट्जरल्याण्डमा स्वागत गर्न पाएको भन्दै राजदूत धितालले खुशी ब्यक्त गरे ।

उनले स्विट्जरल्याण्डस्थित संघसंस्थाहरु लगायत अर्न्तराष्ट्रिय संघ संस्थाहरुसँग मिलेर नेपालमा केही उपलब्धीमुलक कामहरु भएको भन्दै सन्तुष्ट ब्यक्त गरे ।

बिदाई कार्यक्रममा बोल्दै संघका अध्यक्ष भूमीराज गुरुङले दूतावास र एनआरएनए बीचको सहकार्य यादकार रहेको बताए।

उनले राजदूत धितालले नेपाली समुदायलाई एकताबद्व गर्न खेलेको भूमिकाको समेत प्रंशसा गरे ।

कार्यक्रममा एनआरएनए स्विट्जरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडवरी, महिला फोरम संयोजक शुभ एल्मर लामा, स्वीस नेपाली समाजका उपाध्यक्ष पितम गुरूङ, बेर्न नेपाली समाजका अध्यक्ष बिष्णु थापा, नेप्सासका उपाध्यक्ष राकेश चन्द्र प्रजापति लगायतले बोलेका थिए । संघको तर्फबाट राजदूत धिताललाई मायाको चिनो प्रदान गरिएको थियो।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिको रुपमा मणिप्रसाद भट्टराई नियुक्त भइसकेका छन्।

धितालको बिदाईसँगै नयाँ राजदूतको रुपमा भट्टराई मार्च पहिलो साता स्विट्जरल्याण्ड आउने भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?