+
+

यौन दुर्व्यवहार गरेको आरोपमा त्रिविका सहायक डीन हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ९ गते १२:१८

८ फागुन, काठमाडौं । प्लस टु पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साह पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको प्रहरी टोलीले बुधबार दिउँसो विद्यालय परिसरबाटै पक्राउ गरेको हो ।

‘टीयू परिसरमा दुर्व्यवहारको आरोपमा हुलदंगा मच्चिपछि त्यहाँका प्रहरी अधिकृतहरुले नियन्त्रणमा लिएर कालिमाटीमा ल्याएका छन्’, साह पक्राउ परेको पुष्टि गर्दै काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘थप सोधपुछ भइरहेको छ ।’

विद्यार्थीहरुका अनुसार प्लस टु पढ्ने १८ वर्षीया पीडित किशोरी बल्खु जानलाई हिँडेकी थिइन् । तर, कार्यालय नदेखेका कारण उनी त्रिवि पुगेकी थिइन् । त्यहाँ तराई मुलकै साहलाई भेटेपछि उनले किशोरीलाई बल्खु पु¥याइदिने आश्वासन दिएका थिए ।

त्यसक्रममा बाटोमा साहले किशोरीको संवेदनशील अंगमा छोएको पीडितको आरोप छ । घटनापछि किशोरी रुँदै त्रिवितिर फर्किएकी थिइन् । त्यसपछि विद्यार्थीहरुले डीनको विरोध जनाउँदै कालोमोसो दलेका थिए ।

प्रहरी अधिकारीहरुले घटना भएको स्थान कीर्तिपुर भएकाले त्यहाँस्थित प्रहरी वृत्तमा जाहेरी दिए डीनमाथि थप अनुसन्धान हुने बताएका छन् ।

किशोरी पनि कीर्तिपुर प्रहरीमा यौन दुर्व्यवहार आरोपमा जाहेरी दिने भन्दै कालिमाटी वृत्तबाट निस्किएकी छन् । यद्यपि, हालसम्म त्यहाँ जाहेरी दर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?