Comments Add Comment

सुबिसुको नयाँ शाखा भैरहवामा

८ फागुन, काठमाडाैं । सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखाको कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।

यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदान गर्ने, कम्पनीका विभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको सहयोग आफ्ना दक्ष तथा अनुभवी कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटीटीएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्ने जनाएको छ ।

क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एचडी) च्यानलहरु हेर्न सकिने छ । भने एफटीटीएच सेवामा न्युनतम १५ एमबीपीएस गति देखि १ सय एमबीपीएस गतिसम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ ।

यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिशेष छुट प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment