Comments Add Comment

पोखरामा लागुऔषधसहित ३ पक्राउ

८ फागुन, पोखरा । प्रहरीले बुधबार ३ सय ६० थान लागऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १०, रामघाटका ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहिमाई गाउँपालिका २ का २४ वर्षीय विनय भनिने चन्द्रकान्त थारुचौधरी र पोखरा ९ शिव टोलका २५ वर्षीय आशिष श्रीपाली छन् ।

पोखरा १० बुद्धचोकमा लागुऔषध ओसार पसार गरिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी रवीन्द्रमान गुरुङले जानकारी दिए । घरमा लुकाइराखेको अवस्थामा लागुऔषध बरामद गरेको गुरुङले बताए ।

उनीहरुबाट प्रहरीले नर्फिन १ सय २० वटा फेनारागन –१२० र डाइजापाम १ सय २० लागुऔषध फेला पारेको जनाएको छ । उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment