+
+

‘कब्स’को गीतमा रोमान्टिक अनुप र सन्दिपा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ९ गते १४:०८

आर्या मुभिज र सारा श्री मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कब्स’को पहिलो गीत रिलिज भएको छ । चलचित्रको ‘तिमी र म’ बोलको गीत आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । यो गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर, विजय घिमिरेको शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ । राम शाक्यले निर्माण गरेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, शिशिर खातीको कोरियोग्राफी छ । चलचित्रको यो गीतको भिडियो आकर्षक लोकेशनमा खिचिएको छ । तर, चलचित्रको अडियोले दर्शकको मन जित्न मुस्किल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?