+
+

जाजरकोटमा राष्ट्रिय सिर्जना उत्सव

साहित्य साधक महतरा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते ९:०८

१२ फागुन, जाजरकोट । सदरमुकाम खलंगामा सिर्जना–उत्सव समारोह सम्पन्न भएको छ । राष्ट्रिय तथा स्थानीय लेखक कवि एवं जाजरकोटी समाजसेवीहरुको उपस्थितिमा सिर्जना–उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा ३३ कवि लेखकले आफ्नो रचना प्रस्तुत गरे । समारोहमा जाजरकोटलाई केन्द्रमा राखेर साहित्य सिर्जना गरिरहेका पूर्ण समीर महतरालाई ग्रेगोरी कला साहित्य पुरस्कार प्रदान गरियो । महतरालाई साहित्यकार सरुभक्त, डा. विमल कोइराला र नाट्यकर्मी अशेष मल्ल तथा कवि निबन्धकार मोमिलाले ताम्रापत्रसहित २० हजार राशिको पुरस्कार थैली प्रदान गरे ।

जाजरकोटमै बसेर मस्टो सम्प्रदायको विषयमा विद्यावारिधि गरेका अमेरिकी नागरिक ग्रेगोरी मस्कोरिनले उक्त पुरस्कार स्थापना गरेका हुन् ।

कार्यक्रम नेपाली कला साहित्य डट कम प्रतिष्ठान र जिल्ला समन्वय समिति, जाजरकोटले संयुक्त रुपमा आयोजना गरेका थिए । सिर्जना–उत्सवको सह–आयोजकमा भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, शिवालयगाउँपालिका, सम्मान फाउण्डेशन, लेखनाथ साहित्य प्रतिष्ठान, जाजरकोट रहेका थिए ।

‘सद्भाव र सिर्जना, मेरो राष्ट्र, मेरो ध्येय’लाई नारा बनाएको उक्त कार्यक्रममा सरुभक्त, डा. विमल कोइराला, मोमिला जोशी, अशेष मल्ल, डा. जङ्गब चौहान, डा.हरिप्रसाद मानसाग्नि, सुलोचना मानन्धरले कविता वाचन गरेकाथिए ।

उक्त सिर्जना–उत्सवमा राजेश्वर कार्की, अमर शाह, युवराज नयाँघरे, मणि लोहनी, फुलमान बल, ठाकुर बेल्बासे, शकुन्तला जोशी, अश्विनी कोइरालाले कविता वाचन गरेका थिए ।

त्यसैगरी, हरि सन्दर्भ, चन्द्रचिन्तन, पूर्ण समीर महतरा, धिरेन अनुपम, ललितकुमार बस्नेत, पृथ्वीबहादुर सिंह, नेहा केसी, अमिन सिंह, बालकुमार शर्मा, निरोज विश्वकर्मा, जनक सम्वेदक, अच्युतप्रसाद शर्मा, लालबहादुर महतरा, सुनिता शर्मा, टुकमाया घर्ती, पूजा बोहराले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

अर्थशास्त्री एवं कवि डा. विमल कोइरालाले ०३६ सालतिर राजनीतिक परिवर्तनका लागि सडक कविता क्रान्ति गरे पनि निजामती सेवा प्रवेशपछि आफ्नो सिर्जनात्मक लेखन सुस्ताएको बताए । जाजरकोटको साहित्यिक भेलामा सहभागी भइरहँदा ती दिन सम्झिएको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?