Comments Add Comment

खुलेकी निरिषा

निरिषा बस्नेत, नेपाली चलचित्रका लागि नयाँ नाम हो । मुम्बइमा रहेर केही भारतीय सिरियल र चलचित्रमा समेत काम गरेकी निरिषाले नेपालमा भने बल्ल आफ्नो पाइला राख्दै छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्र निरिषाकै वरिपरी घुमेको छ । निरिषा यो चलचित्रबाट आशावादी पनि छिन् । उनी हेर्दा जती विन्दास देखिन्छिन्, त्यती नै गम्भिर पनि छिन् । चलचित्र ‘जानी नजानी’मा आफू र आफ्नो टिमले निकै मिहिनेत गरेको भन्दै उनले यो चलचित्र जसरी पनि चल्नुपर्ने उनले बताइन् ।

उनको वुझाइमा, उनले हेरेका चलचित्रका ट्रेलरमा यो उत्कृष्ट हो । निरिषा ‘जानी नजानी’ असफल नहुने र कथावस्तु निकै उत्कृष्ट भएको बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment