Comments Add Comment

फिल्म समीक्षाः टाइमपासको मेलो ‘टोटल धमाल’ 

बलिउड, मसला फिल्ममा एक कदम अगाडि छ । जसरी हुन्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ध्येयले बनाइने यस्ता फिल्महरु स्तरिय त हुँदैन, तर बजार भने राम्रैसँग कब्जा गर्छ ।

गत सुक्रबार सार्वजनिक फिल्म, टोटल धमाल यसैको दृष्टान्त हुन् । मस्ती, रोमान्स, एक्सन, एडभेन्चर, डान्स, डर सबैको समिश्रण हो यो ।

नेपाली सिनेमा घरमा पनि सुरुवाती बजार आक्रमक रह्यो । फिल्मले आजसम्म पनि राम्रै दर्शक बटुलिरहेको छ । तर, यसले अहिले कमेडीको नाममा जुन किसिमको मनोरञ्जन दिइरहेको छ, त्यो त्यती रसिलो चाहि नभएको टिप्पणी आइरहेको छ । फिल्मले कमेडीको नाममा अनावश्यक तडकभडक मात्र देखाएको छ ।

हिन्दी मिडियाले ‘टोटल धमला’को धज्जी उडाएको छ । यसलाई ‘कमेडीको नाममा बकवास’ भन्दै वाहियत फिल्मको कोटीमा राखेको छ । एक समीक्षामा लेखिएको छ, ‘टोटल धमल हेरेपछि दिमागमा पटक पटक प्रश्न आउँछ कि हाम्रो जस्तो जटिल समाजमा तमाम भावना र अनुभव भरमार हुँदाहुँदै पनि हामी एक सार्थक र सूक्ष्म कमेडी फिलम किन बनाउन सक्दैनौ ?’

यसका निर्देशक इन्द्र कुमार, जसले ९० को दशकमा निकै राम्रा फिल्म दिएका थिए । दिल, मन, राजा, रिस्ते जस्ता लोभलाग्दो लभस्टोरी फिल्म बनाएका उनी पछिल्लो समय भने द्विअर्थी संवादले भरमार भद्दा कमेडी फिल्ममा लागे । त्यसपछि नै हो उनले मस्ती, ग्रान्ड मस्ती जस्ता फिल्म बनाएका । अहिलेको ‘टोटल धमाल’ चाहि सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘धमाल’को तेस्रो शृंखला हो । बजारको अंकगणितले राम्रो भनिदिएको ‘धमाल’कै ह्याङओभर बोकेका दर्शकलाई लक्षित गरेर बनाएको ‘टोटल धमाल’ चाहि कस्तो छ त ?

अनिल कपूर, अजय देवगन, माधुरी दीक्षित, रितेश देशमुख जस्ता स्टार्सलाई लिएर बनाएको यो फिल्मको कथा पैसाको वरीपरी घुम्छ ।

एक व्यक्तिले मृत्युअघि बताउँछ, उनले पैसा लुकाएको रहस्य । अब सबै पात्र पैसा खोज्नमा केन्दि्रत हुन्छ ।

दुई सामान्य चोर (अजय देवगन र संजय मिश्रा), सम्बन्ध विच्छेदको मोडमा पुगेका पति-पत्नी (अनिल कपुर र माधुरी दीक्षित), दमकलका दुई कर्मचारी (रितेश देशमुख र पितोबश त्रिपाठी), होशियार तर मूर्ख भाई -अरशद वारसी र जावेद जाफरी) पुलिस अफिसर (बोमन इरानी) त्यही खजना खोज्नका लागि निस्कन्छन् ।

कोही कारमा, कोही हेलिकप्टरमा, कोही जहाजमा निस्कन्छन् । मरुभूमी, जंगल, नदी पार गर्दै जनकपुरको चिडियाखानमा पुग्छ, जहाँ खजना लुकाएको हुन्छ । अब यी पात्रहरुको भिडमा हात्ती, चिम्पान्जी, बाघ, बाँदर पनि सामेल हुन्छ ।

यो लोभीहरुको कथा हो । पैसाका लागि मरिहत्ते गर्ने पात्रहरुलाई एकै थालोमा उभ्याएर निर्देशकले हासो ल्याउने यत्न गरेका छन् ।

फिल्ममा निर्देशक इन्द्रकुमारले एउटै ध्येय राखेका छन्, दर्शकलाई हसाउने । तर, उनको फिल्म हसाउने चक्करमा हास्यस्पद हुन पुगेको छ ।

कुनै रहस्यमयी स्थानमा खजना रहेको र त्यसको खोज गरिएको कथा बलिउडको लागि नयाँ होइन । यस्ता कथामाथि धेरै फिल्म बनेका छन् । नेपालमै पनि ।

खजना खोज्न जाने क्रममा पात्रहरुले जे जस्ता दसा भोग्छन्, त्यसलाई कमेडी लेपन दिइएको छ । किनभने खजनाको खोजीमा निस्किएका अलग अलग पात्रहरु सहजै खजना भएको ठाउँमा पुग्दैनन् । उनीहरु अनेक झन्झट एवं अप्ठ्याराको भूँमरीभित्र फस्छन् ।

यसमा केही दृश्यभ ने स्वादिला छन् । जस्तो कि, जोनी लिभर र रितेश देशमुखको हेलिकोप्टरको दृश्य । लामो समयपछि जोनी लिभरलाई यस फिल्ममा देख्न सकिन्छ । माधुरी र अनिलको केमेस्ट्री पनि ।

अजय देवगनको अभिनय औसत छ । अनिल कपूर र माधुरी जस्ता माझिएका कलाकारले कमसल कमेडी रोमान्स गरेका छन् ।

मध्यन्तरपछिका कति कुरा दोहोरिएको जस्तोलाग्छ । साथै हसाउने खुराक पनि कमसल छ । मेकर्सले ध्यान दिएका छै्रनन् कि, अविनाश र विन्दु कसरी वाटरफलबाट बँचेर आउँछ ? लल्लनले  मोटरसाइकल कसरी फेला पार्छ ? फिल्ममा यस्ता अनगिन्ती प्रश्न उठाउन सकिन्छ । तर, यो लजिक होइन, म्याजिक मात्र खोज्नुपर्ने कोटीको फिल्म हो । निर्देशकलाई क्लाइमेक्समै पुग्ने हतारो देखिन्छ ।

फिल्म- टोटल धमाल

निर्देशक-इन्द्र कुमार

जनरा- कमेडी

अवधी- २ घण्टा १० मिनेट

कलाकार- अजय देवगन, अनिल कपुर, माधुरी दीक्षित, जोनी लिभर, रितेश देशमुख आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment