Comments Add Comment

चैत १ बाट जनसंघर्ष सुरु गर्छौं : कमल थापा

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन् ।

हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने उनले बताएका हुन् । राप्रपाले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए ।

“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौं । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?’ थापाले प्रश्न गरे ।

पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको राप्रपा अध्यक्ष थापाको दाबी छ । यस्तै अवस्था रहे ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने उनको चेतावनी छ ।

राप्रपाले फागुन १५ गतेदेखिस्वाभिमान यात्रा गर्दैछ । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको मुख्य उद्देश्य हो ।

ताप्लेजुङका सदरमुकामबाट शुरु हुने यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment