Comments Add Comment

मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, २ घाइते

१३ फागुन, महोत्तरी । महोत्तरीको गौशाला सम्सी सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

गौशाला सम्सी सडक खण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किदा बर्दिवास नगरपालिका ३ का २४ बर्षका बिबेक जंगबहादुर सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । बर्दिवासबाट गौशाला तर्फ जाँदै गरेको ना ३६ प ५११० नम्बरको मोटरसाइकल र गौशाला नगरपालिका ४ बाट आउदै गरेको ज १२ प ४४९७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

बर्दिवास नगरपालिका ३ बस्ने ताराबहादुर खड्का र सोनमा गाउँपलिका बस्ने लालेन्द्र साह घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । तीब्र गतिको कारण  दुर्ग्घटना भएको हुन सक्ने र अनुसन्धान  भइरहेको  इलाका प्रहरी   कार्यलय गौशालाले जनाएको   छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment