Comments Add Comment

प्रदेश सरकारलाई पंङ्गु बनाउने खेल स्वीकार्य छैन : मुख्यमन्त्री राउत

१९ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाएका छन् ।

जनकपुरमा आयोजित ‘संघीयता कार्यान्वयन’ बिषयक अन्तरक्रियामा मुख्यमन्त्री राउतले संविधान विपरित आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको बताए ।

प्रदेशमा समानान्तर सरकार चलाउन संविधानले नचिन्ने प्रमुुख जिल्ला अधिकारीलाई प्रहरी प्रशासन परिचालनको जिम्मा दिन खोजिएको उनले बताए । ‘यो संविधान विरोधी हो, यसले संविधान कार्यान्वयन हुन सक्दैन , ‘ उनले भने, ‘यदि कसैले सोच्छ, संघीयता र प्रदेशलाई पंगु बनाएर विकास युनिटमात्र बनाउँछौं भने अरुलाई स्वीकार्य होला । प्रदेश २ को सरकारलाई स्वीकार्य हुँदैन ।’

संविधान र संघीयताको भावना अगाडि बढे सडक, सदन र संवैधानिक अदालतसम्म जाने उनले चेतावनी दिए । संघीयता कसैको दायाका कारण नभई सयौं मधेसी युवाहरुको बलिदानीबाट आएकाले यसको रक्षाका लागि लड्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरले पनि संघीयता कार्यान्वयन गर्न नचाहेको भन्दै केन्द्र सरकारको आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment