Comments Add Comment

वीरगञ्जमा अनलाइनबाटै घरको नक्सा पास गरिने

२० फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अबदेखि अनलाइनबाटै घरको नक्सा पास गर्नेे भएको छ ।

‘ईबुुल्डिङ परमिट सिस्टम’ सफ्टवेयर जडान र परीक्षणको काम सिध्याएको महानगरपालिकाले केही दिनमै सेवा सुरु गर्ने गरी तयारी थालेको छ । महानगरपालिकामा दर्ता भएका इन्जिनियरलाई तालिम दिएपछि अनलाइनबाटै घरको नक्सा पास सुरु हुनेछ ।

वीरगञ्जमा प्राणाली जडानका लागि ५ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाको अनुमान छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले वीरगञ्ज अब स्मार्ट सेवा प्रदान गर्ने स्मार्ट शहर बन्नेतर्फ उन्मुख भएको बताए ।

‘म्यानुअल प्राणालीमा लम्बेतान पक्रिया छ, फाइल अलमल्याउने, टेबुल टेबुलमा कर्मचारीले ढिलासुस्ती गरिदिँदा नगरबासी जरिवानामा परिरहेको अवस्था पनि छ’ उनले भने । यो प्रणालीमा योग्यता पुगेका इन्जिनियरले मात्रै नक्सा बनाउँछन्, डिजाइन विग्रेका कारणले दुःख पाउने अवस्थाको अन्त्य हुने उनले बताए ।

शुरुमा सेवाग्राहीसँग हार्डकपी लिएर राखे पनि पछि नराखिने महानगरपालिकाका इन्जिनियर सुनील कर्णले बताए । ‘जसको नक्सा हो, उसलाई ४ पटक सूचना दिनुपर्ने हुन्छ, त्यसका लागि एसएमएस सिस्टम छ’ उनले भने ‘डाटा इन्ट्री गर्दा घरधनीको नम्बर राखिएको हुन्छ, त्यसमै एसएमएस पनि जान्छ ।’

कसरी हुन्छ अनलाइन नक्सा पास ?

घरनक्सा पास शाखाका प्राविधिकहरुका अनुसार प्राणाली नयाँ भए पनि यसमा लाग्ने दस्तुर लगायतका अन्य व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन ।

१० रुपैयाँ प्रति वर्गफिटका हिसाबले शुल्क लाग्छ । अनलाइन दर्ताका लागि जग्गाको लालपूर्जा, कर तिरेको रसिद, नागरिकता, डिजाइनरले बनाएको घरको नक्सा लगायतका कागजपत्र आवश्यक पर्छ । इन्जिनियरकै अफिस वा अन्य जुनसुकै स्थानबाट अनलाइन दर्ता गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment