Comments Add Comment

अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

१९ फागुन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अपहरण मुद्धाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्न महानगरपालिका-१६ बस्ने रामप्रवेश साह गोढलाई पक्राउ गरेको हो ।

रुपनारायण साह गोढको जाहेरीले वादी नेपाल सरकार भएको मुद्धामा रामप्रवेश दोषी रहेको प्रहरीको दावी छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा घटना पश्चात फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । फागुन १८ गते घरबाटै पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment