Comments Add Comment

प्रदेश २ मा बलात्कारीलाई आजीवन कारबास हुने कानून ल्याइँदै

१४ फागुन, जनकपुरधाम । प्रदेश २ मा जबरजस्ती करणी गर्नेलाई आजीवन काराबासको सजाय हुने गरी कानून निर्माण गर्ने तयारी गरिएको छ ।

प्रदेश जिल्लाहरुमा बलात्कारका घटनाहरु बढिरहेको बेला प्रदेश सरकारले आजीवन काराबासको सजाय हुने गरी कानून ल्याउने तयारी गरेको हो ।  ‘दैनिकजसो भइरहने बलात्कारको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झाले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘हामी यो बिषयलाई बहसमा ल्याइसकेका छौं ।’

सोमबार पनि यस बिषयमा गम्भीर रुपले छलफल भएको जानकारी गराउँदै न्यायाधिबक्ता झाले चाँडै बलात्कारका घटना नियन्त्रण गर्ने कानून निर्माण हुने बताए ।

बलात्कारीलाई कडा भन्दा कड्ा कारबाही होस् भन्ने आफूहरुको मनसाय भएको जनाउँदै झाले अन्तर्राष्टिय सम्झौता र संविधानलाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताए । ‘फाँसीको व्यवस्था त गर्न सकिन्न,’ उनले भने, किनभने हाम्रो देशले अन्तर्राष्टियस्तरमा पनि फाँसीको सजाय दिन्न भनेर हस्ताक्षरर गरिसकेको र नेपालको संविधानमा पनि त्यो कुरा उल्लेख छैन् ।’

झाले अनुसन्धान चाँडो गर्नेगरी र बलात्कारीलाई आजीवन कारावासको व्यवस्था हुने गरी कानून निर्माण गर्ने सन्दर्भमा छलफल भइरहेको सुनाए । ‘छलफल भइरहेको छ हामी चाँडै मूर्त रुप दिन्छौं,’ उनले भने ।

यद्यपि, उनले कानून बनाए पनि प्रदेशको प्रहरी, प्रशासन नहुँदा नियन्त्रण गर्न समस्या हुने उनको ठम्याइ छ ।

यसका लागि प्रदेशको प्रहरी प्रशासन हुनु जरुरी छ उनले भने, संघले यसतर्फ ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment