+
+

‘मारुनी’मा दिपक बज्रचार्यको ‘जाम्न माया जाम’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १५:५५

पछिल्लो समय ‘मन मगन’ बोलको गीतका कारण चर्चामा रहेका गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली चलचित्रमा संगीत दिएका छन् । गायक बज्रचार्यको संगीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ३ वटा गीत समावेश छ । जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन् । दिपकले भने–‘मैले धेरै पहिले चलचित्रको गीतमा आवाज भरेको थिएँ । तर, चलचित्रमा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ ।’

उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएको कारण चलचित्रमा संगीत र स्वर दिएको स्पष्ट पारे । यस्तै, निर्मात्री पूनम गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ । उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो । अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’

गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए । यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन् ।

फागूणको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको चलचित्रलाई आउँदो बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरिएको छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?