+
+

कस्तो बन्नेछ ‘मेरो एउटा साथी छ २’ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १२:०७

चलचित्र ‘मेरो एउटा साथी छ’ निर्माण भएको एक दशकपछि यही नामको पछाडि २ राखेर चलचित्र बन्ने भएको छ । चलचित्र ‘मेरो एउटा साथी छ २’ निर्माण गर्ने औपचारिक जानकारी आइकोर फिल्मस्ले दिएको छ । यो चलचित्र सिक्वेल नभएर सिरिज भएको निर्माण कम्पनीले बताएको छ ।

यो चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिषयमा राउतले भने–‘हामीले अहिले केही पनि फाइनल गरेका छैनौ । यस्तो कथामा चलचित्र बनाउन सकिन्छ भनेर मात्र छलफल भएको छ ।’ यस्तै, चलचित्रका निर्माता प्रज्ज्वल शमशेर जबराले भने–‘चलचित्रका लागि अहिले दिनेश राउतजी मात्र फाइनल हुनुभएको हो । कलाकार पुराना वा नयाँ को राख्ने भन्ने बिषय कथा तयार भएपछि थाहा हुनेछ । हामीले पुरा अधिकार निर्देशकलाई दिएका छौ ।’

चलचित्रलाई अक्टोबरतिर छायांकनमा लैजाने र सन् २०२० मा रिलिज गर्ने प्रज्ज्वलले जानकारी दिए । चलचित्रले रोमान्टिक प्रेमकथालाई नै बोल्नेछ । सन् २००९ मा बनेको ‘मेरो एउटा साथी छ’मा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?