+
+

प्रत्यक्षदर्शीको बयान : दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १५:०१

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’

घट्नास्थलमा रहेका काफ्लेपाटीका जगत कार्की दुर्घटना भएका बेलामा हिउँ परिरहेको बताउँछन् । उनका अनुसार ताप्लेजुङ सदरमुकामबाट आउन तीन–चार घण्टा लाग्छ । उनले आगो बलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?