+
+

पोखरेलीले सम्झिए रवीन्द्र अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २२:०२

१५ फागुन, पोखरा । ताप्लेजुङमा पाँच वर्ष अगाडि भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरेलीले स्मरण गरेका छन् ।

छैटौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलीले रवीन्द्रको योगदानको स्मरणसँगै चर्चा गरेका हुन् ।

मंगलबार विहान पोखरा महानगरपालिका–१८ मेथ्लाङमा रहेको राष्ट्रिय विभूति तथा शहीद पार्कमा राखिएको रवीन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरिएको छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्रको शालिकमा माल्यार्पण गरे ।

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल ‘वैरागी’, गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रवीन्द्र अधिकारीको परिवारका सदस्यसँगै शुभेच्छुक र नेकपा एमालेका नेता कार्यकर्ता भेला भएर शालिकमा पुष्पगुच्छा चढाए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले देशले बहुआयमिक नेतृत्वलाई गुमाएको उल्लेख गरे । ‘सानै उमेरमा समग्र राष्ट्रिय राजनीतिमा उहाँको अतूलनीय योगदान थियो । त्यत्रो ठूलो योगदान गर्नुभएको व्यक्तित्वको हामीलाई हरेक पाइलामा अभाव खड्किरहेको छ’, उनले भने ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने रवीन्द्र शैली र स्वभावको चर्चा गरिसाध्य नहुने उनको भनाइ छ ।

‘शब्दबाट मुल्यांकन गर्न सकिने सीमाभित्र उहाँ हुनुहुन्न । उहाँका परिकल्पना, सोंच, दृष्टिकोणहरु अत्यन्तै परिपक्व र मार्गदर्शक थिए’, नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीले भने, ‘तिनैको आधारमा हामी अत्यन्तै उचाइका साथ निरन्तर पछ्याइरहने प्रण र संकल्प गर्न चहान्छौं ।’ पोखरा विमानस्थल निर्माणमा रवीन्द्रले खेलेको भूमिकाको पनि खगराजले स्मरण गरे ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष प्रतिनिधि सभा सदस्य विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा, महासचिव पोखराका मेयर धनराज आचार्य, सल्लाहकार प्राध्यापक डा. भरतराज पहारी लगायतले बोलेका थिए । उनीहरुले रवीन्द्रको आदर्शलाई पछ्याउँदै युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिए । राजनीतिमा आदर्शको आवश्यकता रहेको औंल्याए ।

रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानले मंगलबार दिउँसोे जन्मथलो पोखरा–३३ भरतपोखरी गैरागाउँमा स्मृति सभा गर्दैछ । साँझपख पोखराको मालेपाटनमा निर्माण गरिएको रवीन्द्र वाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्कीडाँडामा बन्ने भनिएको विमानस्थलको अवलोकनका लागि पुगेका रवीन्द्रले पाथीभराको दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए ।

२०२६ साल वैशाख २२ गते कास्कीको भरतपोखरी गाबिसको जामुनाबोटमा जन्मिएका अधिकारी २०४६ सालदेखि अधिकारी राष्ट्रिय राजनीतिमा सक्रिय बनेका थिए । त्यो भन्दा एक वर्ष पहिले उनले पार्टीको संगठित सदस्यता लिएका थिए ।

कास्की जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै अधिकारी २०६४ को संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुँदै संसदीय यात्रा थालेका थिए ।

२०७० मा भएकोे दोस्रो संविधनसभाको निर्वाचनमा जित हासिल गरे । २०७४ को आमनिर्वाचनमा कास्की २ बाट निर्वाचित हुदै संसदीय यात्रामा ह्याट्रिक गर्न सफल भएका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका अधिकारीको २०७५ फागुन १५ गते बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?