Comments Add Comment

एनआईसी एशियाको केवाईसी घरमै बसेर अपडेट गर्न सकिने

एनआईसी एशिया बैंकको ग्राहक पहिचान अद्यावधिक (केवाईसी अपडेट) अब घरमै बसेर गर्न सकिने भएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक गर्न बैंकको शाखा कार्यालयमा स्वंयम उपस्थित हुन पर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै घर तथा कार्यालयमा बसेरै गर्न सकिने व्यवस्था बैंकले मिलाएको हो ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक वेबसाइटमा गएर अपडेट केवाईसी अनलाइनमा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

एनआइसी एसियाको हाल २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment