Comments Add Comment

लक्ष्मी बैंकको ९९औँ शाखा किर्तीपुरमा

१५ फागुन, काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार काठमाडौंको किर्तीपुरमा ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँशाखाको साथलक्ष्मी बैंककोसंजाल ४६ जिल्लामा ९९ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।

यी शाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँतथावित्तीयपहुँचनपुगेका क्षेत्रहरुमाआक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।

यीशाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment