+
+
Shares

एनआईसी एशिया बैंकको स्मार्ट ट्रेलर सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १७:०४

१५ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले स्मार्ट ट्रेलर सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहस्मार्ट ट्रेलसर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

स्मार्ट ट्रेलरमार्फत बैंकका ग्राहकले चेक बिना नै आफ्नो मोवाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्तगर्ने बिश्वास लिएको बैंकले जनाएको छ ।

एनआइसी एसियाको हाल २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?