+
+
Shares

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अहिलेको निर्वाचन प्रणाली बदल्नु पर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १७:१८

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्।
  • संविधान संशोधनमार्फत् प्रत्यक्ष राष्ट्रपति प्रणाली र समानुपातिक संसद् ल्याउने प्रस्ताव।
  • सामाजिक समावेशी र समाजवादी संविधानको आवश्यकता।
  • शान्ति प्रक्रियापछि माओवादीले जनतासँग सम्बन्ध सुधार गर्ने योजना।
  • सहकार्य र एकता मार्फत भ्रष्टाचार र विकृतिको अन्त्य गर्न जोड।

२८ वैशाख, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।

हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका प्रचण्डले संविधान संशोधनमार्फत् यसलाई बदल्नुपर्ने बताएका हुन् ।

सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्त गर्न सक्नेहरूको पक्षमा रहेको बताए ।

‘संविधानमा अहिले व्यवस्था गरिएको निर्वाचन प्रणाली जनताको पक्षको होइन, पैसावालाहरूको पक्षको निर्वाचन प्रणाली हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद् रहने निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन अपरिहार्य छ ।’

उनले संविधानलाई अझै बढी समावेशी र समाजवादउन्मुख बनाउन आवश्यक रहेको बताए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी जनताबाट केही टाढा भएको दोहोर्‍याउँदै प्रचण्डले केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको र अब देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा रहेको जिकिर गरे ।

उनले पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका नेता र दलहरूले माओवादीसँग सहकार्य गर्नु पर्ने बताए । देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्न त्यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

‘मैले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादी प्रति नकारात्मक हुनु आवश्यक छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?