News Summary
Generated by OK AI. Editorially reviewed.- सामाखुसीको आर्जन बचत तथा ऋण सहकारीले ९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलासा भएको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धान र जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दाका आधारमा सहकारीका १३ जना पदाधिकारीविरुद्ध मुद्दा दायर भएको हो।
- आन्तरिक छानबिन समितिले सहकारीमा रकम अपचलन भएको पुष्टि गर्दै, लेखा परीक्षण र वासलात रकममा भिन्नता देखाएको रिपोर्ट सार्वजनिक भएको छ।
२८ वैशाख, काठमाडौं । सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ९ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान अनुसार आर्जन सहकारीले उक्त रकम ठगी गरेको खुलेको हो । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा यो सहकारीका १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेहरूमा सहकारीका अध्यक्ष दलबहादुर आले, उपाध्यक्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सञ्चालक समिति सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सञ्चालक समिति सदस्य कोपिला राना, अर्का सदस्य अरुण कुमार खनाल, ऋण समितिका सदस्य विष्णुप्रसाद खनाल, ऋण समितिकै सदस्य हरि श्रेष्ठ, लेखा समिति संयोजक दीपक थापा, लेखा समिति सदस्य शिव माया श्रेष्ठ र लेखा समिति सदस्य यमप्रसाद अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।
उनीहरूले २८ बचतकर्ताको ९ करोड ४ लाख ७८ हजार ८१० रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको हो । अन्तरिक छानबिन समितिको प्रतिवेदनले नै यो सहकारीमा रकम अपचलन भएको देखाएको थियो । १७ जेठ २०८० मा ९ सदस्यीय आन्तरिक छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले सहकारी समस्याग्रस्त हुनुका कारणहरूबाट औंल्याएको थियो । जसमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख हुने नाफा नोक्सान हिसाब र वासलात रकमहरू संस्थाको वास्तविक रकमभन्दा फरक राखी नोक्सानमा रहेको संस्थालाई नाफा देखाउने काम गरी शेयर सदस्यहरुलाई गुमराहमा राखेको औंल्याइएको थियो ।
सहकारीका अध्यक्ष आलेले नै ठूलो परिमाणको रकम अपचलन गरेको र सहकारीको खर्च वृद्धि गर्दै आम्दानीको स्रोत खुम्च्याएको बताइएको छ ।
प्रतिक्रिया 4