+
+
Shares

माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारामा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १३:२५

१६ फागुन, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले फाल्गुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्रप्रसाद महतोले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले उक्त एटीएमको उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?