Comments Add Comment

पीएसएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए चार विकेट

१५ फागुन, काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कालन्दर्सबाट पीएसएल खेलिरहेका उनले क्वेटा ग्लाडिएटर्सको महत्वपूर्ण चार विकेट लिएका छन् ।

सन्दीपले चार ओभरमा मात्र १० रन खर्चेर चार विकेट लिए । उनले आफ्नो पहिलो ओभरमै शेन वाट्सनलाई सात रनमा एलबीबडब्लू धरापमा पारे ।

दोस्रो ओभरमा दुई विकेट लिन सफल भए । यो ओभरमा उनले मात्र दुई रन खर्चेका थिए । ५.१ ओभरमा रिली रोसोउवलाई आठ रनमा क्याच आउट गराए । त्यस्तै ५.६ बलमा उमर अक्मललाई एक रनमा आउट गराए ।

आफ्नो तेस्रो ओभरमा डेनिस अजिजलाई एक रनमा आउट गराए । उनकै उत्कृष्ट बलिङमा लाहोरले क्वेटाको ब्याटिङ लाइनलाई धराबमा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment